• बुधबार, साउन १३ २०८३

९१ वर्षीया उपमेयरले जितिन कोरोना


बिहिबार, जेष्ठ ६ २०७८
610
Shares

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छिन् ।

गत वैशाख २१ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक सोमबार दिएको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना नेगेटिभ आएपछि बिहीबार उनी घर फर्किएकी छन् ।

चारैतर्फ संक्रमण फैलिएकाले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बस्न र मनोबल उच्च बनाइराख्न उनले सुझाव समेत दिइन् ।

वीरगन्ज महानगरपालिकाले वैशाख २४ मा घडिअर्वा पोखरीनजिकैको गोपाल मण्डलीमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो । उपमेयर कार्की त्यसमा पहिलो संक्रमितको रुपमा भर्ना भएकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार