• सोमबार, असोज १२ २०८३

पीएसजीले जित्यो १४ औँ पटक फ्रेन्च कपको उपाधि


बिहिबार, जेष्ठ ६ २०७८
715
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १४ औँ पटक फ्रेन्च कपको उपाधि रक्षा गरेको छ।

पीएसजीले मोनाकोलाई पराजित गर्दै फ्रेन्च कप जितेको हो।

योसँगै मोनाको पाँचौपटक फाइनलमा पुगेपनि पाँचौ पटक नै निराश बनेको छ। मोनाको २०१० पछि फाइनलमा पुगेको थियो।

बुधबार राति भएको खेलमा मोनाकोलाई २–० गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि रक्षा गर्न पुगेको हो।

पीएसजीको जितमा मोउरो इकार्डी र केलियन एमबाप्पेले एक–एक गोल गरे। पहिलो हाफको १९औं मिनेटमा इकार्डीको गोलबाट पीएसजीले सुरुवाती अग्रता बनाएको थियो।

त्यसपछि ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको जित पक्का गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार