गोरखा । जिल्ला अस्पताल गोरखालाई लायन्स क्लव अफ गोरखाले ५ थान अक्सिजन सिलिण्डर सहयाेग गरेको छ । कोरोना भाइरस (कोभिड १९) काे दाेस्राे लहरकाे महामारी बढ्न थालेपछि बिरामीलाई प्रयोग गर्नका लागि पाँच थान अक्सिजन सिलिण्डर उपलब्ध गराइएको क्लवका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

बिहिबार बिहान गोरखा अस्पतालमा एक अनौपचारिक कार्यक्रम गरी क्लवका अध्यक्ष श्रेष्ठले अस्पतालका आइसोलेशन इञ्चार्ज अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजनको अभावले कोभिडका बिरामीले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले अस्पतालाई सहयोग गरिएको श्रेष्ठले बताए । क्लबले यसअघि समेत अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे थियाे ।