• सोमबार, असोज १२ २०८३

माओवादी नेतासहित दुई जनामाथि गोली प्रहार


बिहिबार, जेष्ठ ६ २०७८
570
Shares


कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयसहित एक भारतीय युवामाथि गोली प्रहार भएको छ।

कपिलवस्तु नगरपालिक— ६ थुमुवा— तौलिहवा सडक खण्डमा बुधबार राती ११ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ।

राती ११ बजेतिर मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका उनीहरूमाथि अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ।

उक्त समूहले पाण्डेयलाई दुई र भारतीय युवालाई एक गोली प्रहार गरेको जिल्ला प्रहरी कपिलवस्तुका प्रवक्ता धर्म भण्डारीले बताए।

भण्डारीले पाण्डेयलाई एउटा गोली पेट र अर्को बायाँतर्फको कोखामा लागेको र अख्तरलाई भने पाखुरामा लागेको बताए।

घटना थाहा पाउनेबित्तिकै घटनास्थल गएको प्रहरीले घाइते दुबैलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका लागि लगेको थियो।

प्रहरी प्रवक्ता भण्डारीले गोली प्रहार गर्ने तीन जना एउटै मोटरसाइकलमा आएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार