• सोमबार, असोज १२ २०८३

२४ घण्टामा ८६ पटक भूकम्पको धक्का, लमजुङ्ग, गोरखा लगायतमा त्रास


बिहिबार, जेष्ठ ६ २०७८
565
Shares

गोरखा । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

हरेक घण्टामा ३ पटक भन्दा बढि जसाे भूकम्पकाे धक्का महसुस भएकाले लमजुङ्ग, गोरखा, तनहुँ लगायत गण्डकी प्रदेशका अन्य जिल्लाका नागरिकमा त्रास बढेकाे छ ।

काेराेना भाइरसकाे सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ । तर यही बीचमा भूकम्प जाँदा घरबाहिर भीडभाड गरेर बस्न बाध्य हुदा दाेहाेराे त्रासमा स्थानीय छन् ।

जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार