• बुधबार, साउन १३ २०८३

काठमाडौं परिसरका डीएसपी केसीको कोरोना संक्रमणबाट निधन


बिहिबार, जेष्ठ ६ २०७८
560
Shares


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार