• बुधबार, साउन १३ २०८३

युवा व्यबसायी बन्जाराले जेसिज मार्फत गोरखामा पठाए स्वास्थ्य सामग्री


बुधबार, जेष्ठ ५ २०७८
770
Shares

गोरखा । युवा ब्यवशायी आकाश बन्जाराले कोरोना रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् ।

गोरखा जेसिज गोरखाको समन्वयमा बञ्जाराले नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार महासंघ गोरखालाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका हुन् ।

उक्त सामग्री गोरखा जेसिजका अध्यक्ष प्रबिण बस्नेतले बुधवार सम्बन्धित कार्यालयमा हस्तान्तरण गरेका छन् ।

कोभिड १९ को रोकथाम, न्यूनिकरणमा सहयोग पु¥याउन खटिएकाहरुलाई १० हजार थान मास्क र दुई सय थान सेनिटाईजर बन्जाराले सहयोग पठाएका हुन् ।

बाँकी केही मास्क र सेनिटाईजर ग्रामिण भेगका स्वास्थ्य संस्था जहाँ मास्क, सेनिटाईजर अभाव छ त्यहाँ पठाउने गरी समन्वय भईरहेको गोरखा जेसिजका अध्यक्ष बस्नेतले बताए ।

गोरखाको आरुघाट गाउँपालिका घर भएका बन्जारा ग्लोबल गोरखा समाजका कोषाध्यक्ष समेत हुन् । उनले यस अघि पनि बिभिन्न ठाउँमा स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार