काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमणबाट आज थप २ सय ४६ जनाको मृत्यु भएको हो ।
त्यस्तै आज देशभरी ८ हजार १ सय ७३ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १०९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा उपत्यकामा २ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन्।
जसमा काठमाडौं १ हजार ९ सय ८८, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसै गरी आज ७ हजार ९८९ जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।
