बुधबार त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सले मात्रै ८ वटा उडान गरेको छ। नेपाल एयरलाइन्सले आज एकै दिन तिन देश (साउदी अरब, चीन र भारत) मा ८ उडान गरेको हो।

हिजो मंगलबार नेपालमा अलपत्र परेका भारतीय नागरिक लगेर साउदी अरबको दमाम र रियाद गएका जहाज आज फर्किएका छन्। आज फेरि भारतीय नागरिक नै बोकेर दमाम र रियाद नेपाल एयरलाइन्सका जहाज जाँदै छन्।
त्यसैगरी आजै नेपाल एयरलाइन्सको जहाजले दिउँसो चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर ल्याएर काठमाडौं आइपुगेको छ भने राति साढे १० बजे कार्गोका लागि सेन्जेनमा उडान गर्दै छ।

बुधबार हिमालय एयरलायन्सका ३ वटा कार्गो सहित एउटा प्यासेन्जर उडान रहेको छ। आजै सिन्चुवान एयरलान्स चीनबाट कार्गो काठमाडौंमा छाडेर फर्किएको छ।
