
पाेखरा । अन्नपूर्ण एफएमका निर्देशक सुशीलकुमार लामाको कोरोना संक्रमणबाट निधन भएको छ । २०२२ मंसिर २ गते पोखरामा जन्मिएका उनी ५६ वर्षका थिए ।
केही दिनअघि कोरोना संक्रमण भएका उनको काठमाडौं धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मंगलबार साँझ साढे ६ बजे उनको निधन भएको हो ।
पोखरामै उपचाररत गराइरहेका लामाको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।