• सोमबार, असोज १२ २०८३

धारिलो हतियार प्रयोग गरि एक महिलाको हत्या


बुधबार, जेष्ठ ५ २०७८
730
Shares


एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।

मोरङको रंगेली नगरपालिका ३, तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या भएको अवस्थामा अनिता यादवको शव फेला परेको रंगेली प्रहरीले जानकारी दिएको छ।

भौसाबारी माइत भएकी यादवको हत्याबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

यसका लागि प्रहरीले मृतकका देवर, १९ वर्षीय विनोद यादव, सासु ५० वर्षीय बिजुली यादव, श्रीमान बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार