भारतमा कोरोना संक्रमित निको हुनेको संख्या दैनिक बढ्दै गइरहेको छ भने संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए भने ३ लाख ८९ हजार ५६६ जना संक्रमण मुक्त भएका छन ।

संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर भने लगातार बढ्दो छ । अघिल्लो दिन अहिलेसम्मकै सबैभन्दा बढी ४,५२५ जनाको महामारीका कारण ज्यान गएको त्याहाँका संचारमाध्यमले जनाएका छन् ।