काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार ९२ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन बुधबार उक्त दरले बढेर ९३ हजार रुपैयाँ कायम भएको सुन चाँदी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १३ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।