• सोमबार, असोज १२ २०८३

अमेरिकालाई पछि पार्दै कोरोनाबाट दैनिक मृत्यु हुने संख्यामा भारतले बनायो नयाँ रेर्कड


बुधबार, जेष्ठ ५ २०७८
915
Shares


एजेन्सी । कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतले संक्रमणबाट दैनिक मृत्यु हुने संख्यामा नयाँ रेर्कड बनाएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार ५ सय २९ जना संक्रमितले ज्यान गुमाएका छन्। दैनिक मृत्युको यो संख्या भारतमा मात्र नभएर संसारभरिकै धेरै हो।

यसअघि अमेरिकामा एकैदिनमा ४ हजार ४ सय ७५ जना संक्रमितको मृत्यु भएको थियो। कोरोनाबाट अति प्रभावित अर्को मुलुक ब्राजिलमा पनि अहिलेसम्म एकैदिनमा ४ हजार २ सय ४९ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छैन।

पछिल्लो समय भारतमा दैनिक संक्रमितको संख्या भने घटिरहेको छ। केही दिनअघि एकैदिन ४ लाख १४ हजारसम्म कोरोना संक्रमित थपिएका थिए। मंगलबार भारतभर २ लाख ६७ हजार जनालाई कोरोना संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने २ लाख ८३ हजारको मृत्यु भएको छ। अहिले भारतमा ३२ लाख २६ हजार सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार