भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ । सिरमले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो।

भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको खोप कार्यक्रम नराम्रोसँग प्रभावित भएको छ। सिरमबाट खोप खरिद गरेर नेपालसहितका विभिन्न देशलाई दिने कोभ्याक्सको योजना पनि भारत सरकारको निर्णयबाट प्रभावित हुने सम्भावना बढेको छ।