गोरखाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अजिरकोट गाउँपालिका वडा नं ५ का ४९ बर्षका एक पुरुषको गएराती मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले सिभिलखबरलाइ बताए ।

उनी उपचारका लागि चितवन पुगेका र कोरोना संक्रमण पुष्टि भएपछि ३ दिन अघि घर फर्किएका थिए ।
हाल अजिरकोट गाउँपालिकमा २२ जना कोरोनाका सक्रिय संक्रमित रहेको र दवाडीले जानकारी दिए ।
