गाेरखा । गाेरखा लगायतका आसपास क्षेत्रमा बिहानै भूकम्प गएकाे छ । बिहान करिब ५ बजेर ४२ मिनेटमा गोरखा लगायतका क्षेत्रमा भूकम्पकाे धक्का गएकाे हाे ।
गणडकी प्रदेशकै लमजुङकाे भुलभुले आसपास केन्द्रबिन्दु भएकाे ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ ।
धक्का देशैभर महसुस गरिएकाे थियाे ।