गाेरखा । प्राइम बैंक गाेरखा घैरुङ्ग शाखाका मेनेजरकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । काठमाण्डाैकाे बसुन्धारा घर भएका ४३ बर्षका उनिले केहि दिन अघि शहिद लखन गाउँपालिकाकाे घैरुङ्गमा काेराेना परिक्षण गराउन स्वाव दिएका थिए ।

स्वाव दिएकाे केहिदिनमै काेराेना रिपाेर्ट पाेजेटिभ आएछि उनि गत शुक्रबार काठमाण्डाै गएका गएका थिए । उनकाे उपचारका क्रममा आज मंगलबार ज्यान गएकाे उनका एक सहकर्मीले सिभिलखबरलमई बताए ।
आज मात्रै गाेरखाकाे छाेप्राक घर भइ शहिद लखनकाे एक विधालयमा अध्यापन गराउने ३६ बर्षका शिक्षककाे काेराेना संक्रमणबाटै चितवनमा मृत्यु भएकाे थियाे ।