• सोमबार, असोज १२ २०८३

संक्रमणकाे दर घट्याे, २१ हजारकाे परिक्षणमा ८२०३ जनामा काेराेना पाेजेटिभ


मंगलबार, जेष्ठ ४ २०७८
775
Shares

नेपालमा पछिल्लाे तथ्या‌क हेर्दा काेराेना संक्रमणकाे दर घट्दै गएकाे देखिन्छ । गएको २४ घण्टामा करिब २१ हजारकाे परिक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे।

२० हजार ९७९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १९६ जनाको निधन भएको छ। यो सँगै मृतकको संख्या ५ हजार ४११ पुगेको छ।

यस्तै, ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म ३ लाख ५२ हजार ४१४ जना डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार