• सोमबार, भाद्र २२ २०८३

गोरखा नगरपालिकामा थप ३७ जनामा कोरोना संक्रमण


मंगलबार, जेष्ठ ४ २०७८
710
Shares

गोरखा । गोरखा नगरपालिकामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गोरखा नगरपालिका वडा नम्बर ४, १०, ११ र १२ का गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत बैशाख २८ गते सो वडाका एक युवाको संक्रमणकै कारण मृत्यु भएपछि २९ गते गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा लिइएको ८९ जनाको पिसिआरको नमुनामध्ये ३७ जनामा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले सिभिलखबरलाई बताए ।

जसमा ४ का एक जना, १० का ३ जना, ११ का १३ जना र वडा नम्बर १२ का २० जना रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार