काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाइ भएको छ ।

कोरोना भाइरस महामारीको समयमा पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, संवैधानिक विवादको प्रश्न, कोरोना महामारीलगायतका विषयमा सार्वजनिक सरोकारका विवादजस्ता विषयमा मात्र सुनुवाइ गर्ने गरी सीमित सेवा दिएको छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरेका छन ।

सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था समेत मिलाएको हो ।