• बुधबार, साउन १३ २०८३

गोरखाका एक कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा मृत्यु


मंगलबार, जेष्ठ ४ २०७८
635
Shares

गोरखाका एक कोरोना संक्रमित शिक्षकको कोरोनाको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।


जिल्लाको सिरानचोक गाउँपालिका वडा नं ५ घर भइ गोरखा सदरमुकाममा बस्दै आएका ३८ बर्षका एक पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनी शहिद लखन गाउँपालिकाको एक बिध्यालयमा अध्यापन गराउँथे । स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाले स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनी गोरखा अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि उनलाइ चितवन रिफर गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार