काठमाडौं । भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टामा हालसम्मकै धेरै एकैदिन ४ लाख २२ हजार कोरोनामुक्त भएका छन् । भने त्यहाँ गएको २४ घण्टामा ४ हजार ३२९ जनाको मृत्यु भएको छ ।

लगातार २५ दिनसम्म ३ लाखभन्दा बढीले भारतमा संक्रमित थपिरहेका थिए, तर सोमबारदेखि भारतमा संक्रमितको संख्या ३ लाख मुनी पुगेको छ। मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित थपिएका छन भने सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।
भारतमा अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेका छन भने हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।
