• सोमबार, असोज १२ २०८३

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका


मंगलबार, जेष्ठ ४ २०७८
680
Shares

काठमाडौँ — अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर करिब ८६ अर्ब नेपाली रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ ।

इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन यहि अवश्थामा बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको हो ।

अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । अमेरिकाले इजरायललाई बोइङले बनाएको ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) बिक्री गर्न लागेको पनि वासिङ्टन पोस्टले बताएका छन् । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ ।

दुइ हप्तादेखि चर्किएको हिंसात्मक संघर्षमा अहिलेसम्म प्यालेस्टाइनतर्फका ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार