?????????????????????????
सरकारले दुई देशमा साताको १/१ उडान गर्ने उडान खुला गर्ने निर्णय गरेको छ।
कतार र गोन्जाउका लागि हप्तामा एक/एक उडान खोल्ने निर्णय गरिएको ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए।
सोमबार साँझ बसेको मन्त्रिपषिद् बैठकले कोरोनाविरुद्ध स्वास्थ्य सामग्री ल्याउन अप्ठेरो परेको भन्दै कतार र गोन्जाउमा साताको एक एक उडान गर्ने निर्णय गरेको हो।
सोमबार साँझ बसेको मन्त्रिपषिद् बैठकले कोरोनाविरुद्ध स्वास्थ्य सामग्री ल्याउन अप्ठेरो परेको भन्दै कतार र गोन्जाउमा साताको एक एक उडान गर्ने निर्णय गरेको हो। तर उनले कहिलेदेखि भन्ने मिति खुलाएनन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई माहाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने सरकारको निर्णय प्राप्त भइनसकेको बताए।
यसअघि सरकारले भारतबाहेक सबै देशमा जेठ १७ सम्मका लागि उडान बन्द गराएको छ। भारतमा भने यसबीच पनि एयर ट्राभल बबल सम्झौतामार्फत हप्तामा दुई उडान भइरहेका छन्।