• बुधबार, साउन १३ २०८३

गोरखा अस्पतालले माग्यो आठ पदमा ३० जना कर्मचारी, कुन पदमा कति ? (सुचनासहित)


मंगलबार, जेष्ठ ४ २०७८
3.1K
Shares

गोरखा । गोरखा अस्पतालले बिभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ ।

कोरोना भाइरसको रोकथाम, न्यूनिकरण र उपचारका लागि भन्दै अस्प्तालले करारमा बिभिन्न आठ पदका लागि ३० जना कर्मचारी माग गरेको हो ।

आज मंगलबार एक सार्वजानिक सूचना प्रकाशित गर्दै अस्पतालले लोकसेवा आयोगले निर्धारण गरेको मापदण्ड पूरा गरेका नागरिकलाई सात दिन भित्र आवेदन दिन आह्वान गरेको छ ।

जसमा स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ५ जना, रेडियोग्राफर २ जना, एनेस्थेसिया सहायक १ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरेको छ ।

यस्तै सुचनामा ल्याब टेक्निसियन २ जना, फार्मेसी सहायक २ जना र कार्यालय सहयोगी ५ जना आवस्यक रहेको बताइएको छ ।

हेर्नुस अस्पतालले जारी गरेको सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार