• बुधबार, साउन १३ २०८३

काेभिड ब्यवस्थापनमा शहिद लखनले अघि सार्याे यस्ताे योजना


मंगलबार, जेष्ठ ४ २०७८
1.2K
Shares

गोरखा । पछिल्लाे समय काेराेना भाइरसकाे दाेस्राे लहरकाे महामारी बढ्दै गए संगै त्यसकाे राेकथाम र ब्यवस्थापन लागि शहिद लखन गाउँपालिकाले बिभिन्न याेजना अघि सारेकाे छ । साेमबार भर्चुअल माध्यम मार्फत सम्पन्न गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरकाे अध्यक्षताका भएकाे कार्यपालिका बैठकबाट काेराेना भाइरसकाे दाेस्राे लहरलाई राेकथाम र ब्यवस्थापन गर्न बिभिन्न याेजना अघि सारेकाे हाे ।

जसमा संक्रमितकाे उपचारका लागि आइसाेलेसन निर्माणदेखि मृतकका परिवारलाई क्षतिपूर्ति दिनेसम्मका याेजना छन् । बैठकले गाउँपालिकाकाे घैरुङ्गमा रहेकाे ८ शैयाकाे आइसाेलेन तथा काेभिड अस्पताललाई थप ब्यवस्थित बनाउन अक्सिजन, थप बेड, अक्सिजन कन्सन्ट्रेटर तथा आवस्यक औषधी लगायतका सामाग्री खरिद गर्ने निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले काेराेना संक्रमण भई मृत्यु भएका व्यक्तिहरुको काज किरिया लगायतका सामाजिक संस्कारमा सहयाेग गर्नको लागि निजको परिवारलाई प्रति मृतक २५ हजार रुपैयाका दरले आर्थिक सहयोग उपलब्ध गराउने समेत निर्णय गरेको छ।

यसैगरी गाउँपालिका क्षेत्रमा संचालनमा रहेका बैंक, लघुवित्त, सहकारी लगायत सबै बित्तिय संस्थाहरुमा भौतिक रुपमा उपस्थित भई गरिने सबै प्रकारका कारोबार तथा सेवा बन्द गर्ने तर एटिएम सेवा भने सुचारु गर्न सम्बन्धित बित्तिय संस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएकाे बताइएकाे छ ।

गाउँपालिकाभित्र विभिन्न जाति समुदायले परम्परागत रुपमा गर्ने देवाली पूजा लगायतका सामाजिक संस्कारहरु तत्कालको निम्ति स्थगित गर्न अनुरोध गर्ने समेत निर्णय भएकाे प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।

साथै, होम आइसोलेशन, मास आइसाेलेशन र क्वारेन्टिन लगायतकाे प्रभावकारिताकाे नियिमत अनुगमन गर्ने र त्याहा बसेका संक्रमित व्यक्तिहरुमा सकारात्मक सोचको विकास गरी मनोबल उच्च कायम गराउनका लागि मनोसामाजिक परामर्श प्रदान गर्ने र साेकाे लागि सम्बन्धित वडाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सम्बन्धित टोल वा छिमेकका शिक्षक शिक्षिकाहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचालन गर्ने निर्णय समेत गाउँपालिकाले निर्णय गरेकाे छ ।

यसैगरी गाउँपालिकाका सबै वडामा गई शंकास्पदकाे पिसिआरकाे नमुना संकलनकाे दायरा समेत फराकिलाे बनाउने बैठकले निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत आलेले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार