• बुधबार, साउन १३ २०८३

अदालतका ३ कर्मचारीसहित गोरखामा थप ३१ जनाकाे काेराेना रिपाेर्ट ‘पाेजेटिभ’


सोमबार, जेष्ठ ३ २०७८
900
Shares

गोरखा । गाेरखामा जिल्ला अदालतका कर्मचारीसहित थप ३१ जना काेराेना संक्रमित थपिएका छन् । साेमबार प्राप्त रिपाेर्ट अनुसार अदालतका ३ कर्मचारी सहित गोरखा नगरपालिका क्षेत्रका ३१ जनामा संक्रमण पुष्टी भएकाे हाे ।

गत बैशाख २८ गते ९६ जनाकाे पिसिआरकाे नमुना संकलन गरी परिक्षणका लागि पाेखरा पठाइएकाेमा साेमबार ३१ जनामा संक्रमण पुष्टी भएकाे गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

जसमा अदालतका ३ जना, वडा नम्बर २ का २ जना, ३ का ५ जना, ४ का १ जना, ५ का २ जना, वडा नम्बर ६ का ५ जना, ७ का १० जना, ८ का २ जना र वडा नम्बर ९ का १ जना रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार