• सोमबार, भाद्र २२ २०८३

साेमबार ९ हजार २४७ जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु


सोमबार, जेष्ठ ३ २०७८
705
Shares

गएको २४ घण्टामा नेपालमा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

आज २१४ जनाको संक्रमणका कारण ज्यान गएको छ।

विभिन्न मितिमा संकलन गरेको शवको विवरणसहित मृतकको संख्या उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ।

यस्तै, आज ५ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्।नेपालमा आजसम्म ३ लाख ४५ हजार ५२३ जना संक्रमणमुक्र भएको मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार