• बुधबार, साउन १३ २०८३

बुङकोटमा १० बेडको आइसाेलेसन बनाइदै, संक्रमितले गाउँमै उपचार पाउने


सोमबार, जेष्ठ ३ २०७८
745
Shares

मेलिना बराम, गोरखा । जिल्लाको शहिदलखन गाँउपालिका वडा नम्बर ७ मा कोभिड अस्पताल निर्माण हुने भएको छ । त्याहा रहेको बुङकोट स्वास्थ्य चौकीमा अक्सिजन सहित १० बेडको कोभिड अस्प्ताल अर्थात आइसोलेसन सेन्टर निमार्ण हुने भएको हो ।

पछिल्लो समय दिन प्रतिदिन कोरोना भाइरसको दोस्रो लहर तिब्र गतिमा फैलिरहेका र थप जोखिम समेत बढ्दै गएकाले वडा कार्यालयको पहलमा बुंकोटमै कोभिड अस्प्ताल निर्माण हुन लागेको हो ।

गाउँपालिकाकाे समन्वयमा वडा नम्बर ७ मा गठन भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण आर्थिक संकलन आपतकालीन कोष एवं सल्हाकार समितीले देशविदेशमा रहेका बुंकाटबासी लगायत सहयोग दाताहरुबाट सहयोग जुटाएर स्वास्थ्य चौकीमा आइशोलेसन निर्माण गर्न लागिएको हो।

आइसोलेशन निमार्णका लागी हालसम्म देश, विदेशमा रहेका स्थानीय, गाँउबासी तथा सहयोगदाताहरुबाट ११ लाख ८० हजार आर्थिक सहयोग संकलन भएको वडा अध्यक्ष शरण श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।

‘अहिले सबै अस्पताल कोरोना संक्रमितका बिरामीले भरिएको छ’ अध्यक्ष श्रेष्ठले भने ‘हामीले स्थानीय बासीलाई सहज होस् भन्ने हिसाबले अक्सिजन सहितको आइसोलेसन निमार्ण गर्न लागेका हौं ।’

यस्तो महामारीको बेला सरकारले गर्नुपर्ने काम स्थानीय तहले गर्दै आएको छ । व्यवस्थित अस्पताल, आइसोलेशन निमार्ण, प्रयाप्त मात्रमा अक्सिजन, जनचेतनाका कार्यक्रम तथा संक्रमितको व्यव्स्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले उठाइरहेका छन् ।
यस्तै कन्ट्यक टे«सिङको पहलमा पनि स्थानीय तहहरु नै जुटिरहेका छन् ।

‘होम आइसोलेसनमा बसेका बिरामीहरुलाई व्यवस्थित रुपमा यहाँ ल्याएर भर्ना गरी स्वास्थ्यकर्माीको निगरानीमा राख्छौं । ’ वडाध्यक्ष श्रेष्ठ थपे ‘त्यस्तै बिरामीको स्वास्थ्य अवस्था जटिल भए बाहिरको राम्रो अस्पतालमा उपचार गराउने ब्यवस्थापन पनि गर्छौ ।’

तर, त्यस्तो अवस्था नआउने गरी आफुहरु जुटिरहेको उनले बताए । निषेधाज्ञाका कारण स्रोत साधन जुटाउन र बजार बन्द रहेकाले अक्सिजन सिलिण्डर खरिदमा समस्या भएको उनले गुनासो समेत गरेका छन् ।

‘निषेधाज्ञाका कारण १६/१७ हजारमा उपलब्ध हुने अक्सिजन २० देखी २६ हजार सम्ममा किन्नु परिरहेको छ ।’ अक्सिजन सिलिण्डरको खरिद मूल्यमा अनूकुलता ल्याउनका लागी जिल्ला प्रशासन कार्यालयले पहल गर्नु पर्ने उनको माग छ ।

आज वडामा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण आर्थिक संकलन आपतकाली कोषको बैठक बसी आइसोलेसनमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामग्रीको खरिद प्रक्रिया बारे छलफल गर्ने अध्यक्ष श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।

आइसोलेसन निमार्णको काम सकेसम्म पर्सी (जेठ ५ गते) देखी सुरु गरेर दुई दिन भित्रमा सक्ने योजना रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार