दाङको एक सहकारीले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना परिवारका सदस्यहरुलाई उपचार गर्न ऋण उपलब्ध गराउन शुरु गरेको छ ।

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म बिना ब्याज एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन शुरु गरेको हो ।
साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन शुरु गरेको हो ।
