
गोरखा । गोरखामा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । गोरखा नगरपालिका वडा नम्बर ८ का ४८ बर्षिय एक पुरुषकाे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएकाे अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई बताए ।

मधुमेह र कलेजाेकाे दिर्घराेगी रहेका ति पुरुषलाई हिजै बेलुका करिब ८ बजे अस्पताल लगिएकाे थियाे । साे लगत्तै उनलाई एन्टिजेन परिक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे थियाे ।
उनकाे उपचारका क्रममा राती ११ बजेर ४५ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
हाल उनकाे शव अस्पतालमै रहेकाे र नेपाली सेनाले शव ब्यवस्थापनकाे तयारी गरिरहेकाे बताइएकाे छ ।

यससंगै काेराेनाका दाेस्राे लहरपछि गोरखा जिल्लामा संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ भने गोरखा नगरपालिकामा ३ पुगेकाे छ ।
हेर्नुस अस्पतालकाे विज्ञप्ती
