• बुधबार, साउन १३ २०८३

गोरखा नगरपालिका क्षेत्रका मात्रै ३ सय भन्दा बढीकाे काेराेना रिपोर्ट आउन बाँकी


आइतबार, जेष्ठ २ २०७८
575
Shares

गोरखा । गोरखा नगरपालिका क्षेत्रका मात्रै ३ सय भन्दा बढीकाे काेराेना रिपाेर्ट आउन बाँकी रहेकाे छ ।

गत बैशाख २८ गतेदेखि हालसम्म बिभिन्न वडामा संकलन गरिएकाे पिसिआरकाे नमुना मध्ये ३ स ५ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।

जसमा १ सय ४१ जना महिला र १ सय ६४ जना पुरुष रहेकाे बताइएकाे छ ।

गोरखा नगरपालिकामा मात्रै हालसम्म १ सय ३४ जनामा संक्रमण पुष्टि भइसकेकाे छ । जसमा ५४ जना भने संक्रमण मुक्त भएका छन् । हाल नगरक्षेत्रमा ७८ जना सकृय संक्रमित रहेकाे अर्यालले सिभिलखबरलाई बताए ।

त्यस्तै काेराेना भाइरसकाे दाेस्राे लहर सुरु भएपछि हालसम्म नगरक्षेत्रमा काेराेनाकै कारण २ जनाकाे मृत्यु समेत भइसकेकाे शाखाले जनाएकाे छ ।

गोरखा नगरपालिकाले बैशाखदेखि हालसम्म बिभिन्न वडामा घुम्ती शिविर गरेर ७ सय ३९ जनाकाे पिसिआरकाे नमुना संकलन गरिसकेकाे बताएकाे छ । जसमा ३ सय १० जना महिला र ४ सय २९ जना पुरुष रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार