• बुधबार, साउन १३ २०८३

काठमाडौं उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण


आइतबार, जेष्ठ २ २०७८
605
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८१, ‍भक्तपुरमा २ सय ९२ र ललितपुरमा ४ सय ३६ जना थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर जम्मा ७ हजार ३ सय ६८ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।

यसको संक्रमणबाट थप १ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार