काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको थियो।

गत २४ घण्टाको अवधिमा १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी, देशभर ७०१ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन्।
देशभर १ हजार ३ सय १३ जना आइसियूमा रहेका छन् भने त्यसमध्ये ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन्।
