सलमान खानको फिल्म राधे – योर मोस्आ वान्टेड भाइ इदको दिन रिलिज गरिएको छ । रिलिजका साथै फिल्मले ४.२ मिलियन भ्यूजको इतिहास रचिसकेको छ ।
एकातिर सलमानलाई आफ्नो फिल्मको यो उपलब्धिसँग खुसी छ, यस्तै अर्कोतर्फ पाइरेटेड साइट्समा आफ्नो फिल्म स्ट्रिम हुँदा उनी असाध्यै रिसाएका छन् । सलमानले ट्वीट गरेर पाइरेसीविरुद्ध आफ्नो रोष व्यक्त गरेका छन् ।
नायकले ट्वीट गरे, ‘हामीले तपाईंलाई फिल्म राधे २४९ भारुको निकै उचित मूल्यमा दियौं । यसको बावजूद पाइरेटेड साइट्स राधेलाई गैर कानूनी रुपमा स्ट्रिम गरिरहेका छन् जुन एक गम्भीर अपराध हो । साइबर सेलले यी पाइरेटेड साइट्सविरुद्ध एक्सन लिइरहेको छ ।
कृपया पाइरेसीमा समावेश नहुनु होस् नभए साइबर सेलले तपाईंविरुद्ध कारवाही गर्नेछ । कुरा बुझ्नुहोस् तपाईं साइबर सेलसँग निकै ठूलो समस्यामा फस्नु हुनेछ ।’