• सोमबार, असोज १२ २०८३

नेपालमै पहिलो पटक हेलिकप्टर पाइलटले गरे सगरमाथा आरोहण


आइतबार, जेष्ठ २ २०७८
555
Shares


काठमाडौं । नेपालमै पहिलो पटक हेलिकप्टर पाइलटले सगरमाथा आरोहण गरेका छन् ।

हेली एभरेष्ट प्रालिका पाइलट कृष्णप्रसाद गौचन (सोवित)सहित दुईजना हेली एभरेष्टका निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

कम्पनीका मार्केटिङ निर्देशक टाशी लाक्पा शेर्पा, अपरेशन निर्देशक एवम् पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

‘अन्य पाइलटहरुले सगरमाथा आरोहण गरेको थाहा भएन, तर नेपाली पाइलटले भने पहिलो पटक सगरमाथा आरोहण गरेकाले निकै खुसी लागेको छ,’ हेली एभरेष्टका प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पाले भने ।

टाशी शेर्पा प्रख्यात आरोही हुन् भने गौचन सगरमाथा आरोहण गर्ने पहिलो पाइलट भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार