• बुधबार, साउन १३ २०८३

घ्याल्चोक स्वास्थ्य चौकीमा अक्सिजन सहित १० वेडको कोभिड अस्पताल सञ्चालनमा


आइतबार, जेष्ठ २ २०७८
640
Shares

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ घ्याल्चोक स्वास्थ्य चौकीमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

पालिका भित्रका कोरोना संक्रमितहरुको उपचारमा केही मात्रमा भए पनि सहयोग पुग्ने उदेश्यले अक्सिजन सहित १० वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

डाक्टर सहित स्वास्थ्यकर्मीको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

संक्रमितमा जटिल समस्या देखा परेमा काठमाण्डौँ, चितवन रिफर गर्न नजिक पर्ने हुनाले अस्पताल सञ्चालन ल्याएको उनले बताए ।

राजमार्ग छेउमा रहेको घ्याल्चोक स्वास्थ्य चौकीमा आइसोलेसन सहितको अस्पताल सञ्चालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालका लागि पठाएको पाँच लाख र गाउँपालिकाको थप लगानीमा कोभिडे अस्पताल सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले बताए ।

गण्डकी गाउँपालिकामा अहिले सम्म ३६ जनालाई कोरोना संक्रमण भएको छ । ति मध्ये तीन जना निको भईसकेका छन् ।

२९ जना होम आइसोलेसनमा छन् भने चार जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखा जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार