• सोमबार, असोज १२ २०८३

एक पुरूषको शव पानीमा डुबेको अवस्थामा फेला


आइतबार, जेष्ठ २ २०७८
810
Shares

काठमाडौं । एक पुरूषको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को वालवन वालखोलामा शनिबार साँझ साढे ५ बजे पुरूषको शव फेला परेको हो।

अन्दाजी ३० वर्षीय पुरूष घोप्टो परी अनुहार पानीमा डुबेको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।

मृत फेला परेको भन्ने खबर पाएपछि प्रहरीको अधिकृत सहितको टोली खटिएको थियो। मृतकको पहिचान खुल्न नसकेको डिएसपी गिरीले बताए।

प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ।

प्रहरीका अनुसार मृतकको हुलिया गहुँगोरो वर्णको छ। ५ फिट ८ इन्चको मझौला शरीर भएको र दाहिने हातको बुढी औंला र चोरी औंलाको बिचमा ‘c’ लेखिएको ट्याटु छ।

त्यस्तै बाँया खुट्टाको पिडौलादेखि बाँया खुट्टाको कान्छी औंलासम्म पुरानो खत छ।

‘बाहिर चोट केही पनि देखिएको छैन। अहिले पोष्टमार्टम गर्न हामीले शव अस्पतालमा पठाएका छौं,’ प्रहरी निरीक्षक शशी शर्माले भने, ‘खुट्टामा पहिले नै दुर्घटनाबाट चोट लागेको तर निको भएको जस्तो देखिन्छ। थप पछि खुल्ला।’

उनलाई चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार