एजेन्सी । आफ्नी प्रेमीकालाई भेट्न प्रेमी मध्यराति उनैको घर पुगेका थिए । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ ।

युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो ।
मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए ।
तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् ।
उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
