• सोमबार, असोज १२ २०८३

९ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ


आइतबार, जेष्ठ २ २०७८
630
Shares


९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका २२ वर्षीय सरोज चौरसिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

डिएसपी खनालका अनुसार चौरसियाले शुक्रबार दिउँसो साढे १ बजे खेल्दै गरेकी ९ वर्षीया बालिकालाई बोलाएका थिए।

बोलाएर धान दिने प्रलोभन देखाएर आफ्नै घरको भर्‍याङमुनि लगेर करणी गर्न खोजेको प्रहरीले जनाएको छ।

त्यसक्रममा यौन दुर्व्यवहार गर्दा बालिकाले प्रतिकार गरेर भागेकी थिइन्। बालिकाले बुवालाई खबर गरेपछि प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार