• मंगलबार, कार्तिक २५ २०८३

सम्पुर्ण कृषक दाजुभाई दिदिबहिनिहरुलाई जरुरी सूचना


शनिबार, जेष्ठ १ २०७८
495
Shares

विगत २/३ हप्तादेखि यस बारपाक सुलिकोट गाउँपालिकाको धेरैजसो क्षेत्रहरुमा मकैबालिमा अमेरिकन फौजी किराले अत्याधिक मात्रामा क्षती पुर्याएको हुँदा उक्त किरालाई ब्यवस्थापन गर्न निम्न उपाएहरु अपनाउनुहोला।

• मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने

• मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने, अथवा

• विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्नेगरी छर्ने

• एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने

•विरुवालाई स्वस्थ र किराको क्षति सहन सक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने, मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ एम विषादि प्रति किलोग्राम बिउमा ४ मि.लि. का दरले बिउ उपचार गरेर रोप्दा सुरुको ३ हप्ता सम्मको बिरुवालाई क्षति हुनबाट बचाउन सकिन्छ, निरिक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरू संकलन गरी नष्ट गर्ने

• डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने

• सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने• मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने

• घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने

• बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने

• मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ।

बारपाक सुलिकाेट गाउँपालिका, गोरखा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार