• बुधबार, साउन १३ २०८३

काेराेनाबाट गण्डकीमा बैशाखमा मात्रै १ सय ३४ जनाकाे मृत्यु


शुक्रबार, बैशाख ३१ २०७८
570
Shares

शुक्रबार गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार