
गोरखा । शुक्रबार गोरखामा दुई जनाकाे मृत्यु भएकाे छ । केहिदिनअघि काेराेना परिक्षणका लागि पिसिआरकाे नमुना दिएका उनिहरुकाे रिपोर्ट नआउँदै मृत्यू भएको छ ।
एक जनाकाे छिमेकी र अर्काेकाे परिवारका सदस्यलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परि काेराेना परिक्षणका लागि स्वाव दिएका उनिहरुकाे रिपाेर्ट नआउदै ज्यान गएकाे बताइएकाे छ ।


जसमा एक जना पालुङटार र अर्का शहिद लखनका पुरुष रहेका छन् ।
नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
छिमेकमा कोरोना संक्रमण देखिएपछि उनको बैशाख २७ गते उनको पिसिआर परीक्षका लागि स्वाब लिइएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए ।


स्वासप्रश्वासमा समस्या भएपछि उनलाई २ बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा मृत्यू भएको छ ।

बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट अझै नआएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए । ४२ वर्षिय उनी सिञ्जाली मावि ताक्लुङका शिक्षक समेत हुन् ।

२९ गते स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि टेकु पुगेका उनको मृत्यू भएको अस्पतालले जनाएको छ । तर उनको पिसिआर रिपोर्ट भने अझै आएको छैन ।