
गाेरखा । गोरखामा शुक्रबार ८७ जना काेराेना भाइरसका संक्रमित थपिएका छन् । गोरखाकाे शहिद लखन र आरुघाट गाउँपालिकामा गरी ८७ जना संक्रमित थपिएका हुन ।
जसमा शहिद लखनकाे वडा नम्बर ६ का ३१ जना, ७ काे २ जना र वडा नम्बर ८ काे १६ जनामा संक्रमण पुष्टि भएकाे गाउँपालिकाका स्वास्थय शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले सिभिलखबरलाई जानकारी दिए ।


संक्रमण देखिएकाहरुकाे गत २५ गते पिसिआरकाे नमुना संकलन गरी काेराेना परिक्षणका लागि पोखरा पठाइएकाे थियाे । कन्ट्याक्ट ट्रेसिङ्ग लगायत शंकास्पद गरी ७१ जनाकाे नमुना पठाउदा ४९ जनामा संक्रमण पुष्टि भएकाे श्रेष्ठले बताए ।
त्यस्तै आरुघाट गाउँपालिकाका ३८ जनाकाे समेत संक्रमण पुष्टि भएकाे छ । गत आइतबार १ सय ४ जनाकाे पिसिआरकाे नमुना परिक्षणका लागि पठाइएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले सिभिलखबरलाई बताए ।

जसमा आज शुक्रबार ३८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । जसमा वडा नम्बर ९ का ९ जना, १० का २ जना, वडा नम्बर ८ का २५ जना र ४ का २ जना रहेकाे बताइएकाे छ ।
