गोरखा । गोरखामा थप दुई साता निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफरिस गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज बसेको बैठकले जेठ १५ गते सम्म निषेधाज्ञा थप गर्न सिफरिस गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा भोलि (वैशाख ३१ गते) राती १२ बजेदेखी सकिदैछ ।
जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आज बसेको बैठकले वैशाख ३१ गते राती १२ बजेदेखी लागु हुने गरी जेठ १५ सम्म निषेधाज्ञा जारी राख्न सिफरिस गरिएको प्रमुख जिल्ला अधिकारी शलिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस पटकको निषेधाज्ञामा थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
निषेधाज्ञा अवधीमा निर्माण सामग्रीको पसल बेलुकी ७ देखि ९ र खाद्यान्नका पसल बिहान ५ देखि ९ बजे सम्म संचालन गर्न पाउने जनाएको छ । औषधी पसलहरु भने २४ सै घण्टा खुल्नेछन् ।
निर्माण सामग्री बोकेका सवारी साधन ट्याक्टर, टिपर लगायतका साधन राती ७ देखि बिहान ५ बजे सम्म मात्र चल्न पाउनेछ ।
