गोरखा । विगत एक बर्ष यता फोटाेग्राफीमा रुची भएका केहि युवाहरुले सामाजिक सञ्जालमा गोरखाका बिभिन्न स्थानका तस्विरहरुलाई फाइल गर्ने काम गरिरहेका छन् ।
फेसबुकमा फोटाे वाल्कर गोरखा (गोरखा ग्यालरी) नामकाे पब्लिक ग्रुप निर्माण गरेर ति युवाहरुले जिल्लाका रमणिय तस्विरहरु संकलन गरिरहेका छन् ।
विशेष गरेर जिल्लाभित्र लुकेर रहेका पर्यटकिय स्थानहरुलाई विश्वसामु चिनाउने उदेश्यले यो अभियानको सुरुवात गरिएको ग्रुप एड्मीन मध्येका एक आशिष श्रेष्ठ बताउछन् ।
‘फोटोमा रुची भएका युवाहरुविच यो अभियान सञ्चालित छ, जसले नयाँ नयाँ ठाउँको तस्विरहरु खिचेर त्याहाको संक्षिप्त विवरणसहित हामीलाई पठाउनुहुन्छ’ श्रेष्ठले सिभिलखबरलाई भने ‘त्यसपछि ति तस्विरहरु हेरेर भेरिफाई गरेर मात्रै हामी ग्रुपमा एप्रुभ दिन्छौ ।
यो अभियानले जिल्लाको पर्यटकिय क्षेत्रमा टेवा पुग्ने ग्रुप सञ्चालकहरुको विश्वास छ । ग्रुपमा झण्डै ५० जना युवाहरुले जिल्लाभरका बिभिन्न पर्यटकिय, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको स्थानहरुको तस्विरहरु खिचेर पोष्ट गर्ने गर्छन । त्यसलाई एड्मीनले सबै बिषयहरु प्रमाणित गरेर मात्रै ग्रुपमा अन्तिम पोष्ट गर्ने नियम छ ।
हाल ग्रुपमा ४ जना एड्मीन रहेको बताइएको छ । हामीले यहाँ यसै ग्रुपबाट साभार गरेर गोरखाका बिभिन्न क्षेत्र र स्थलहरुको मनाेमोहक तस्विरहरु यहाँ प्रस्तुत गरेका छौ । तर हामीले एक सय वटा स्थानकाे परिचय र विवरण दिन भने असमर्थ भएका छाै ।
हेर्नुस एक सय तस्विरमा ‘गोरखा‘






























































































तस्विरहरु : https://www.facebook.com/groups/222693128986344