• बुधबार, साउन १३ २०८३

उद्योग वाणिज्य संघ गोरखाले आफ्नो भवन आइसोलेसन बनाउन दिने


बिहिबार, बैशाख ३० २०७८
680
Shares

गोरखा । उद्योग वाणिज्य संघ गोरखाले आफ्नो भवनमा कोरोना संक्रमितलाई राख्न आइसोलेसनको रुपमा प्रयोग गर्न दिइने घोषण गरेको छ ।

बिहिबार आयोजित जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकमा बोल्दै संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले भवन संक्रमितलाई राख्न आइसोलेशन सेण्टरको रुपमा सञ्चालन गर्न दिने बताएका हुन् ।

अहिले गोरखामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या वृद्धि भइरहेको र उनीहरूलाई राख्न आइसोलेसन केन्द्र सञ्चालन गर्ने ठाउँ अभाव देखिएकोले सामाजिक उत्तरदायित्व बहन गरी संघले आफ्नो भवन उपलब्ध गराउन तयार रहेको अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लाको सबैभन्दा ठूलो कोरोना उपचार केन्द्रको रुपमा रहेको गोरखा अस्पतालमा सञ्चाल १२ शैय्याको आइसोलेशन बिरामीले भरिएको छ ।

थप बिरामीको उपचारका लागि कठिनाइ भइरहेको अस्पतालले सूचना नै जारी गरेर बताउँदै आएको थियो ।

सो अवस्थालाई मध्यनजर गर्दै यसअघि नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले पनि आफ्ना कार्यालय भवन आइसोलेशन सेण्टरको रुपमा सञ्चालन गर्न दिन तयार रहेको घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार