• सोमबार, असोज १२ २०८३

पूर्वएआइजीको घरमा कार्रयत प्रहरी परिचर मृत फेला


बिहिबार, बैशाख ३० २०७८
995
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमको घरमा कार्रयत प्रहरी परिचर मृत फेला परेका छन्।

बिहीबार बिहान कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित ग्रीन हिल सिटी हाउसिङस्थित बमको घरमा कार्यरत प्रहरी परिचर मृत फेला परेका हुन्।

ओखलढुंगाका बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनले किन आत्महत्या गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले धमलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार