• सोमबार, असोज १२ २०८३

नेताहरुलाई जीतु नेपालको प्रश्न –‘भोली जनताले जीताउलान् भन्ने छ ?’


बिहिबार, बैशाख ३० २०७८
590
Shares

काठमाडौं । हाँस्य कलाकार जीतु नेपालले यस्तो बिषम परिस्थितीमा पनि जनतालाई साथ नदिने नेताहरुलाई भोली जनताले जिताउने आश छ कि छैन भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहिएको छ । उपचार चाहिएको छ । राहत चाहिएको छ । हौसला चाहिएको छ । सरकारलाई तारिफ चाहिएको छ, गुनगान चाहिएको छ, चाकडी चाहिएको छ । नेताहरुलाई सहमती चाहिएको छ, कुर्सी चाहिएको छ, भागबन्डा चाहिएको छ । यस्तो बिषतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडी, तानातान, तछाड र मछाड छ । सहमती भन्या छ करोडौको सरकारी गाडीमा अगाडि पछाडि सुरक्षाको लर्को लिएर हिड्या छ, घरघरमा पुग्या छ । विलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ । अब मेरो पालो भन्या छ ।’

जीतुले सबै नेतालाई एउटै प्रश्न गर्दै सोधेका छन्–‘देशमा यस्तो विपत्त परेको बेलामा यस्तो ब्यहोरा देखाउँदा भोली जनताले जीताउलान् भन्नी छ ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार